शनिवारको कोरोना संक्रमण ३१६७ जनामा , काठमाडौँमा १७४६ जना
ज्योतिन्यूज
२०७७ कार्तिक १ गते १६:३६
काठमाडौं,१ कार्तिक।
पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमितमध्ये १ हजार ७४६ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् ।
यससँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ, जसमध्ये ७२७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
८९ हजार ८४० संक्रमितमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८०० जना संक्रमणमुक्त भएका हुन् ।देशभरमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् । प्रयोगशालाहरुमा १५ हजार ४३८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
सम्बन्धित
प्रतिक्रिया