बुधबार, कार्तिक ३, २०७८

उदयपुरमा स्कारपियो दुर्घटना, पाँचको मृत्यु

ज्योतिन्यूज २०७७ कार्तिक २ गते ८:३३

२ कार्तिक, काठमाडौं । उदयपुरको कटारी–१४ मा स्कोर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ३ जना घाइतेलाई प्रहरीले उद्धार गरेर कटारीस्थित अस्पतालमा पठाएको छ । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति ११ः५५ मा दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी दिए । गाडी सडकबाट करिब ९०० मिटर तल खसेको छ ।

घाइते चालकका अनुसार ब्रेक फेल भएर स्कारिपयो दुर्घटना भएको प्रहरीले बताएको छ।

मृत्यु भएकामध्ये ओखलढुंगा मानेभञ्याङ ९ माधवपुरका ४५ वर्षका रामबहादुर सार्की र सोही ठाउँका २६ वर्षका कर्ण साकीको पहिचान खुलेको छ।

मृत्यु भएका अन्य तीन जना करिब ३० वर्षकी महिला, ३० वर्षका पुरूष, ५० वर्षका पुरूषको भने नाम खुल्न बाँकी छ। घाइते हुनेमा रुपन्देहीका घर भएका २८ वर्षीय चालक पवन खड्का, ओखलढुंगा मानेभञ्ज्याङ–९ की १८ वर्षीया कल्पना सार्की र ३३ वर्षीया कुमारी सार्की छन् ।

प्रतिक्रिया