शुक्रबार, वैशाख ३१, २०७८

बेड नपाएर घर फर्काइएको कोरोना संक्रमित महिलाको मृत्यु 

ज्योतिन्यूज २०७७ कार्तिक २ गते १७:४५
धरान २ कार्तिक ।
धरानमा अस्पतालबाट बेड नपाएर घर फ़र्क्याइएकि कोरोना संक्रमितको मृत्यु भएको छ । सास फेर्न गाह्रो भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी लगिए पनि बेड छैन भनेर घर फकाईदिएकी धरानकी कोरोना संक्रमित वृद्धाको मृत्यु भएको हो ।
होम आइसोलेसनमा बसेकी धरान १५ की ७३ बर्सिया वृद्धाको हिजो साँझ करिब ५ बजेतिर मृत्यु भएको वडा अध्यक्ष नरेश इवारमले बताए । इवारामका अनुसार मृतक छोरीको घरमा बस्दै आएकी थिइन् ।
होम आइसोलेसनमा राखिए पनि हिजो सास फेर्न गाह्रो भएपछि मृतकलाई प्रतिष्ठानको आकस्मिक कक्षमा लगिएको थियो । इमर्जेन्सीमा बेड खाली छैन भनेपछि अक्सिजन सिलिन्डर खोजेर घरमा नै ल्याएको उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया