सोमबार, साउन १८, २०७८

अष्ट्रियामा एक नेपाली महिलाले गरिन् तीन सन्तानको घाँटी थिचेर हत्या

ज्योतिन्यूज २०७७ कार्तिक २ गते २०:११

२ कार्तिक, काठमाडौँ-अष्ट्रियामा एक नेपाली महिलाले आफ्ना तीन सन्तानको घाँटी थिचेर हत्या गरेकी छन्।
स्थानीय अनलाइनका अनुसार ३१ वर्षकी ती नेपाली महिलाले आफ्ना तीन सन्तानको घाँटी थिचेर हत्या गरेकी हुन्।
ती महिलाले आफ्ना ३ र ९ वर्षका दुई छोरी र ८ महिनाका छोराको हत्या गरेकी हुन्। पहिलो अटोस्पी रिपोर्टका अनुसार उनीहरुको हत्या भएको देखाएको हो।

उनले ९ वर्षकी छोरीलाई सिरानीले घाँटी र मुख दबाएर हत्या गरिएको खुलेको छ भने अन्य दुईको पनि सोही तरिकाले हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेका छन्।

यस्तै बाँकी दुई सन्तानको पनि अटोस्पी गरिने भएको छ। तीतिहरुको पनि सोही प्रकारले मारेको हुन सक्ने बताएको छ।
यो विश्वास गर्न नसकिने घटना वैवाहिक समस्याका कारण भएको हुन सक्ने बताइएको छ। ती महिला आफ्ना श्रीमानसँग छुट्टै बस्दै आएकी थिइन्। उनका श्रीमानसँग पनि प्रहरीले बयान लिएको छ भने ती महिलालाई हिरासतमा लिने तयारी भएको बताइएको छ।

यता, हत्या गरिएकाहरुको शव बरामद गर्ने प्रहरी अधिकारीहरुलाई मनोवैज्ञानिक उपचार गरिएको छ।
ती महिलाले प्रहरीलाई शनिबार बिहान स्थानीय समय अनुसार ५:२० बजे फोन गरेकी थिइन्।तर लगत्तै उनको अपार्टमेन्टमा प्रहरी हतार गर्दै पुगे पनि ८ महिनाको बालक र तीन वर्षकी बालिका मृत फेला परेका थिए।
९ वर्षकी बालिका जीवितै रहने आशमा अस्पताल पुर्‍याए पनि १ घण्टापछि उनको पनि मृत्यु भइसकेको थियो।

प्रतिक्रिया