शनिबार, असोज २, २०७८

केएमसी अस्पताल: तेस्रोतलाबाट हाम्फालेका युवाको मृत्यु

ज्योतिन्यूज २०७७ कार्तिक ३ गते १०:५२

३ कार्तिक, काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हाम फालेका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

अस्पतालको तेस्रो तलाबाट सोमबार बिहान ८:४५ मा हाम्फालेका २६ वर्षीय युवा रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। मानसिक सन्तुलन ठिक नभएका उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए। उनले आफ्नो शरीरमा आगो लगाउने प्रयास गरेपछि खड्कालाई उनकी आमाले आइतबार मात्रै केएमसीमा भर्ना गरेकी थिइन् ।

सोमबार बिहान आमा औषधि किन्न गएका बेला खड्काले हाम फालेका थिए । हाम्फाल्दा गम्भीर घाइते भएका उनलाई उपचार गरिए पनि केही समयमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया