आइतबार, चैत २९, २०७७

सुनको मूल्य घट्यो, तोलाको कति ?

ज्योतिन्यूज २०७७ कार्तिक ३ गते ११:४८

३ कार्तिक,काठमाडौँ । सोमबार सुनको मुल्य सस्तिएको छ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलमा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार २०० रुपैयाँले घटेर तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया