शुक्रबार, माघ ७, २०७८

सोमबार थपिए ३७९० संक्रमित

ज्योतिन्यूज २०७७ कार्तिक ३ गते १६:२६

३ कार्तिक, काठमाडौँ । सोमबार नेपालमा ३७९० जनामा कोरोना पुष्टि भएको छ । १५ हजार ७१४ नमुना परिक्षण गर्दा सो मात्रामा कोरोना संक्रमण पुष्टि भएकोे हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । यसैगरी सोमबार २३३५ जना निकोे भएका छन्् ।हालसम्म ९४ हजार ५०१ जना निकोे भएका छन् ।
काठमाडौँ जिल्लामा २००८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जनालाई कोरोना देखिएको छ । उपत्यकामा कुल २३८८ जनालाई कोरोना देखिएको हो । हाल ४४७० जना क्वारेन्टीमा रहेका छन् । भने सक्रिय संक्रमितहरु ४० हजार ७ सय ७८ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया