बिहीबार, मंसिर १६, २०७८

हराएका ३८ मोबाइल इटहरी प्रहरीले ग¥यो फिर्ता

ज्योतिन्यूज २०७७ कार्तिक ३ गते २०:३८

इटहरी,३ कार्तिक ।

पछिल्लो समय मोबाइल हराउने बित्तिकै प्रहरीमा निवेदन दिन जानेको सङ्ख्या बढेको छ । निवेदन दिएको आधारमा प्रहरीले पनि मोबाइल धनीहरूलाई कागजपत्रको आधारमा फिर्ता दिने गरेको छ ।

त्यसैअनुसार विभिन्न समयमा हराएको वा चोरी भएको विभिन्न ब्रान्डका ३८ थान मोबाइल सेट इटहरी प्रहरीले सम्बन्धित व्यक्तिलाई फिर्ता दिएको छ । इलाका प्रहरी कार्यालय इटहरीले करिब १८ लाख ५५ हजार ८ सय बराबरको मूल्यको ३८ थान मोबाइल सेट फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो ।

आफ्नो मोबाइल हराएको तथा चोरी भएको भनेर दिएको निवेदनको आधारमा खोजी गर्दा गत महिना देखी हालसम्म ३८ सेट फेला परेर सम्बन्धित धनीहरूलाई बुझाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले सिडिआर शाखा स्थापना गरेर हालसम्म विभिन्न ब्रान्डका ३ सय ३४ थान मोबाइल सेटहरू फेला पारेर सम्बन्धित धनीलाई बुझाई सकिएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया