बुधबार, असार ९, २०७८

बाबुराम भन्छन : ‘पर्वमुखी भत्ता प्रणालीलाई नै खारेज गरौँ’

ज्योतिन्यूज २०७७ कार्तिक ३ गते २१:४०

३ कार्तिक, काठमाडौँ । कोरोना महामारीको समयमा संक्रमितको उपचार गर्न हात झिकेको सरकारले आफ्ना नेता तथा सांसदलाई दशैँ भत्ता बाडेको प्रति तिव्र आलोचना भएसँगै भत्ता गर्ने होड नै चलिरहेको छ । नेकपाले भत्ता रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ भने काँग्रेसले फिर्ता गर्ने निर्णय गरेको छ ।

यसै प्रसङ्गमा पछिल्लो समय ९ अर्बको कुरा बजारमा ल्याए चर्चामा आउनुभएका पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सरकारलाई अर्काे सुझाव दिनुभएकोे छ ।

सोमबार साँझ एक ट्विट गर्दै उहाँले नेता तथा सांसदले भत्ता फिर्ता गरेजस्तै कर्मचारीको भत्ता समेत गरी १५ अर्ब नै कोरोना कोषमा जम्मा गर्न आग्रह गर्नुभएको छ । “मिडियाले कुरीकुरी गरेपछि लोकरिझ्याइका लागि एक्लाएक्लै दशैंभत्ता नलिने घोषणा गर्नु सट्टा नेतारसांसदहरूले सरकारलाई धर्मनिरपेक्ष देशमा यस्ता पर्वमुखी भत्ताप्रणालीलाई नै खारेज गर्न दबाब दिनुपर्ने हैन र?” उहाँले भन्नुभएकोे छ, “सांसद मात्र हैन कर्मचारीले समेत एकमुष्ट रू१५अर्ब कोरोनापीडितमा लगाए पो अर्थ होला !”

प्रतिक्रिया