मंगलबार, मंसिर २१, २०७८

यस्तो छ आज सुनचाँदीको मूल्य

ज्योतिन्यूज २०७७ कार्तिक ४ गते ११:१९

४ कार्तिक, काठमाडौँ । मंगलबार पनि सुनको मुल्य स्थिर रहेको छ । आज पनि आइतबार र सोमबारको मुल्यमा नै सुनको कारोबार गर्न सकिने नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।
तर, आज चाँदीको मुल्य भने बढेको छ । आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेको हो । हिजो प्रतितोला १२०० रहेको चाँदीको मुल्य आज बढेर १२१० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।

प्रतिक्रिया