बुधबार, असार ९, २०७८

प्रहरी जवान रामबहादुरको शव पनि मोहना नदी नजिकै भेटियो

ज्योतिन्यूज २०७७ कार्तिक ४ गते १२:०९

४ कात्तिक, काठमाडौं । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडामा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटिएको छ ।

शनिवार साँझ ८ बजे मोटरसाइकलमा गस्तीमा गएका बेला बेपत्ता भएका उनको शव केहीबेरअघि मात्रै फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो।

प्रहरी  बिटका इन्चार्ज गोविन्द विकको शव भेटिएको ठाउँको करिब २०० मिटर टाढा साउदको शव भेटिएको हो ।

उहाँले प्रहरी सहायक निरीक्षक बिकको शव फेला परेको मोहना नदीमै साउँदको शव भेटिएको जानकारी दिनुभयो ।

गत शनिबार प्रहरी सहायक निरीक्षक बिकसँगै प्रहरी जवान साउद पनि गस्तीमा खटिएका बेला वेपत्ता भएका थिए ।

विक विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने पक्राउ परेका अभियुक्तहरुले प्रहरी जवान साउदको समेत हत्या गरी नदीमा फालेको बयान प्रहरी समक्ष दिएपछि प्रहरीले खोजतलासलाई तिव्र पारेका थिए ।

उनीहरुले सुरुमा जवानकै हत्या गरी नदीमा फालेको पछि असइको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया