बिहीबार, असार १०, २०७८

श्रोत नखुलेको नगद र भन्सार छलेका सामान बरामद

ज्योतिन्यूज २०७७ कार्तिक ५ गते ६:११

बारा, ५ कात्तिक ।
सिम्रौनगढ नगरपालिका-९ कचोर्वास्थित पिपरा घाटबाट श्रोत नखुलेको नगद १२ लाख ३४ हजार ५ सय ९५ रुपैयाँ सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका अपरिचित व्यक्तिले जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीलाई देख्ना आफूले बोकेको झोला छाडी फरार भएपश्चात झोला जाँच गर्ने क्रममा विभिन्न दरका उक्त नगद बरामद भएको हो ।बरामद रकम आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

करिब ४ लाख ६८ हजार रुपैयाँ मूल्य बराबरको छोकडा, प्याज, सुर्ती र स्वीटर बरामद
बारामै करिब ४ लाख ६८ हजार रुपैयाँ मूल्य बराबरको छोकडा, प्याज, सुर्ती र स्वीटर आइतबार प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा र मातहतबाट खटिएको प्रहरीले पचरौता नगरपालिका-१ बाट भारततर्फ निकासीका लागि लुकाई राखेको ५० हजार रुपैयाँ मूल्य बराबरको २० क्विन्टल छोकडा तथा जितपुरसिमरा उपमहानगरपालिका-२१ अम्लेखगंज र सोही उपमहानगरपालिका-१ पथलैयाबाट अवैध रुपमा भन्सार छलि ल्याएको करिब २ लाख ५० हजार रुपैयाँ बराबरको प्याज, १ लाख ५० हजार रुपैयाँ बराबरको सुर्ती र १८ हजार रुपैयाँ बराबरको स्वीटर गरी उक्त रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सा तथा राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया