मंगलबार, मंसिर २१, २०७८

चर्चित कलाकार विजय अभिनित गीत’ मैरेज करव’ को शूटिंग

ज्योतिन्यूज २०७७ कार्तिक ५ गते ९:५१

 

रौतहट ।

नेपालकै चर्चित कलाकार विजय यादव निर्विज र सरिता साहको अभिनयमा अभिनित गीत’ मैरेज करव’ को शूटिंग सम्पन भएको छ । कार्तिक १ गते काठमाडौंको रमणिय ठाउँ चोभारमा गीतको दृश्यहरु कैद गरियो छ । चर्चित गायिका सेलिना कुँवर र विजय यादव निर्विजको स्वरबाट सुसजित भोजपुरी गीति एल्वम ‘मैरेज करब’ केही हप्ता भित्रै बजारमा श्रोता माझ आउने निर्माण यूनिट ले बताएकाे छ । नेपाल को तराई मधेस, भारतको विहार, युपी, झारखण्डका साथै मरिसस लगायतका ठाउँमा भोजपुरी गीत, संगित, फिल्मको प्रभाव अत्याधिक रहेको छ ।

 

केही समय यता नेपाली कलाकारहरु पनि भोजपुरी भाषामा उत्कृष्ट गीत संगित रेकड  गर्न थालेका छन । गीतको सम्पूर्ण काम मुम्बईमा भएको हाे । केही महिना पहिला टि-सिरिजद्वारा निर्विज प्रोडक्सनको पहिलो गीति एल्वमको पहिलो गीत ‘रुपवा सलोना’ भन्ने बोलको टाईटल गीत सार्वजनिक गरिएको थियो त्यो गीत दर्शकबाट अत्याधिक रूचाइको थियो र यो आउन लागेको गीत अझ धेरै माया पाउने अपेक्षा रहेको निर्विज प्रोडक्सनका सिईओ रचना सिवाकोटीले बताईन् । सिवाकोटीका अनुसार गीत आजाद सिंहको छ भने पछिल्लो समय नेपालको भोजपुरी संगितमा चर्चित रहेको संगितकार संतोष राजको संगीतबाट सजाईएको छ अजय कुमार को निर्देशनमा रहेको गीतमा क्यामेरामा कैद गर्ने काम रामशरण उप्रेतीले गरेका छन भने नृत्य निर्देशक अर्जुन बीसीले गरेका छन । निर्विज प्रोडक्सनका सिइओ रचना सिवाकोटीले पहिलो पटक सहायक निर्देशकको काम गरेकी छिन् । गीतको प्रोडक्सन मैनेजर मदन श्रेष्ठ रहेका छन, गीतको रिलिज को माध्यम के हुन्छ त्यो चाँडै टुंग्याउने निर्माण यूनिट ले बताएकाे छैन् ।

रामसरण यादवबाट  

प्रतिक्रिया