बुधबार, असार ९, २०७८

कक्षा १२ को परीक्षा मंसिर ९ देखि सञ्चालन हुने

ज्योतिन्यूज २०७७ कार्तिक ५ गते १८:०१

भक्तपुर ५ कात्तिक।

कोरोनाभाइरसका कारण स्थगित कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ ।
सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा सञ्चालन हुने राष्ट्रिय परिक्षा वोर्ड सानोठिमीले जनाएको छ ।
वोर्डका अनुसार विहान ८ बजे शुरु हुने परीक्षा शनिबार समेत सञ्चालन हुनेछ । १ घण्टा ३० मिनेट अवधी रहने कक्षा १२ को परीक्षा ९ गते शुरू र अन्त्य  १६ गते हुनेछ ।
यसअघि १२ को परीक्षा वैशाखमा गर्ने तयारी भएकोमा कोरोनाका कारण ७ महिना परसरेको हो ।
कोभिड–१९ संक्रमित विद्यार्थीलाई भने बोर्डले यस परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डले जनाएको छ ।
‘कोरोना संक्रमित भई उपचाररत परीक्षार्थीहरूलाई परीक्षामा सहभागी नहुन अनुरोध गर्दै ‘त्यस्ता परीक्षार्थीहरूका लागि नेपाल सरकारद्वारा मान्यता प्राप्त प्रयोगशालामा परीक्षण गरिएको ल्याब रिर्पोटको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिने वोर्डले स्पष्ट पारेको छ ।’
यहाँ हेर्नुहोस् परीक्षा तालिका:http://www.neb.gov.np/uploads/photos/5pb7iAHJJD201021083804.pdf

कोरोना महामारीका कारण आफू अध्ययन गरेको विद्यालय रहेको जिल्ला भन्दा फरक जिल्लामा रही आफ्नो विद्यालयमा उपस्थित भएर परीक्षा दिन नसक्ने विद्यार्थीका लागि परीक्षार्थीले यसअघि पेश गरेको विवरणको आधारमा परीक्षामा सहभागी हुने व्यवस्था गरिएको वोर्डका कमर्चारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया