बिहीबार, असार १०, २०७८

भेन्टिलेटर र अक्सिजन छैन : संक्रमितको संख्यामा भने निरन्तर बढ्दो

ज्योतिन्यूज २०७७ कार्तिक ५ गते २१:३८

इटहरी ५ कार्तिक ।

बुधवार प्रदेश नम्बर एकमा ५१३ जना कोरोना संक्रमित थपिदा जना २८ जना मात्र संक्रमितहरु कोरोना मुक्त भएका भए । १५१ जनाको मृत्यु भइसकेको प्रदेश एकमा हाल ७ हजार १९८ जना सक्रिय संक्रमितहरु रहेका छन् । यो अवस्थाले प्रदेश नम्बर ३ पछिको प्रदेश १ को कोरोना सँक्रमणको पछिल्लो अवस्था अत्यासलाग्दो रहेको देखिएको छ ।
चाडपर्व सँगै बजारमा चहलपहल बढेको र बिरामीहरूमा समेत कडा लक्षणयुक्त सँक्रमित थपिएका छन् । जसले संक्रमितको मृत्युदरलाई समेत बढाई रहेको चिकित्सकहरूले बताउँदै आएका छन् ।
संक्रमित ती माथि लक्षण सहितका बिरामीहरू बढ्दै गएको बेला कोभिड उपचार केन्द्रका बेडहरू धमाधम भरिन थालेका छन् । जसले गर्दा अक्सिजन सहितको बेडको अभाव हुन थालेको छ भने विराटनगर र धरानमा भेन्टिलेटरको अभाव रहेको देखिन्छ ।

अस्पताल र आइसोलेसन समेत रहेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म ६८ कोरोना सँक्रमितको मृत्यु भइसकेको छ । अलग्गै एक सय बेडको कोभिड १९ विशेष अस्पताल र अर्को ८५ बेडको आइसोलेसन अस्पताल बनाइ सँक्रमितको उपचार हुने गरेको छ ।

प्रतिष्ठानका सह प्रवक्ता आशिस श्रेष्ठका अनुसार अहिले कोभिड विशेष अस्पतालमा संक्रमित बच्चा वार्ड, गाइनो वार्ड र आइसियु सुविधा राखिएको छ । ५८ जना कोरोना संक्रमित उपचाररत प्रतिष्ठानमा हाल ९ ओटा भेन्टिलेटर रहेका छन् । १० ओटा मध्ये ९ ओटा आइसियुमा बिरामीहरू छन् भने एउटा मात्र आइसियु खालि छ ।
बिपीमा एउटा मात्र आइसियु खालि रहेको बताउँदै प्रतिष्ठानका सह प्रवक्ता डाक्टर आशिष श्रेष्ठले ’थप आइसियुमा राख्ने बिरामी आए समस्या हुन् सक्छ ।’ बेडको चाप बढिरहेको अवस्थामा बिरामीको सेवाका लागि प्रयासरत आशिष श्रेष्ठ बताउँछन् ।

बिपीमा मात्र हैन विराटनगर स्थित कोसी अस्पतालमा समेत बिरामीको चाप उस्तै हुने गर्छ । दिनप्रतिदिन अवस्था जटिल हुँदै जाँदा यसलाई रोक्ने उपाय नभएको चिकित्सकहरू चिन्तित छन् ।
स्थित नियन्त्रण बाहिर रहेको भन्दै यसको विकल्प सोच्नै नसकिरहेको चिकित्सकहरू नै स्वीकार गर्छन् । कोरोना न्यूनीकरण गर्न मानिसको आवतजावत कम गर्नुको विकल्प नभए पनि मानिस हिँडडुल गर्न रोकिन अवस्थामा नभएको उनीहरूको बुझाई छ ।

प्रदेश एकमा पहिलो पटक कोरोना देखिए देखि कोभिड सँक्रमितको उपचार र व्यवस्थापनमा खटिएका कोसी कोभिड उपचार केन्द्रका संयोजक डाक्टर दीपक सिग्देलले खटिएका थिए । स्थानीय पत्रिकामा अन्तर्वार्ता दिँदै सिग्देलले पछिल्लो कोभिडको अवस्था नियन्त्रण नै गर्न नसक्ने गरी फैलिएको भन्दै सरकारले तयार गरेको स्वास्थ्य संरचनाले धान्नै नसक्ने अवस्थामा पुगेको बताएका छन् ।
प्रदेश १ मा जति सँक्रमित थपिँदै छन् त्यति स्वास्थ्यकर्मीसमेत सँक्रमित हुँदै जाँदा यसले थप चिन्ता बढाएको उपचारमा संलग्न चिकित्सकको भनाई छ । ‘कोसी अस्पतालमा ६० बढी स्वास्थ्यकर्मी कोभिड संक्रमित भइसके ।’ डाक्टर सिग्देलले भने ‘सँक्रमित बढ्दै गरेको अवस्थामा स्वास्थ्यकर्मीलाई यसरी सँक्रमण बढ्दै जानुले भोलि सामान्य उपचार गर्ने मान्छेको समेत अभाव हुने निश्चित छ ।’
प्रदेश १ मा हालसम्म २७ भेन्टिलेटर सञ्चालनमा रहेको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क रहेको छ भने प्रदेश भित्र ५ कोभिड अस्पताल संचालन रहेका छन् । ती मध्ये धरानको बिपी प्रतिष्ठान र विराटनगरको कोसी कोभिड, न्यूरो कोभिड, नोवेल कोभिड र मेची कोभिड अस्पतालबाट सेवा दिइएको छ ।

प्रतिक्रिया