बुधबार, असार ९, २०७८

गुल्मीको मुसिकोटमा रुखबाट खसेर पूर्वशिक्षक गिरीको मृत्यु

ज्योतिन्यूज २०७७ कार्तिक ६ गते १८:२६

गुल्मी, ६ कात्तिक ।
नेपाल राष्ट्रिय सर्वोदय माविका पूर्व शिक्षक गणेश गिरीको विहीवार दिउँसो रुखबाट खसेर निधन भएको छ । सर्वोदय माविका प्र.अ.चिरन्जिबी थापाले उक्त दुख:द् घटनामा गिरीको घटनास्थल मै निधन भएको बताउनुभयो । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ पौंदी अमराई निवासी गिरीले लामो समय स्थानीय सर्वोदय माविमा अध्यापन गर्नु भएको बताइएको छ ।

प्रतिक्रिया