शनिबार, मंसिर १८, २०७८

वीपी प्रतिष्ठानमा काम गर्ने महिलाको कोरोना संक्रमणबाट मृत्यु

ज्योतिन्यूज २०७७ कार्तिक ६ गते १९:१५

इटहरी,६ कार्तिक  ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको कोरोना संक्रमितको मृत्यु भएको छ । धरानमै उपचारको क्रममा उनको बिहीबार दिउसो मृत्यु भएको हो ।

प्रतिष्ठानको गर्ल्स होस्टेलमा कार्यरत मृतक ५६ कि थिइन् । उनको आज दिउँसो १ बजेर १० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मृतक उच्च रक्तचापको पनि समस्या थियो । उनलाई असोज २७ गते संक्रमण पुष्टि भएको थियो भने कार्तिक ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया