मंगलबार, कार्तिक ९, २०७८

पुस महिनाको पहिलो दिननै बढ्यो सुनको मूल्य

ज्योतिन्यूज २०७७ पुष १ गते १२:२७

काठमाडौं । पुस महिनाको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ६५० रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२३० रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया