शुक्रबार, असार ४, २०७८

आजदेखि बैंकहरुले तोके नयाँ व्याजदर, हेर्नुहोस कुन बैंकको कति ?

रमेश भुसाल २०७७ पुष १ गते १२:५८

काठमाडौँ । नेपाल राष्ट बैंकले नयाँ मौद्रिक नीति ल्याउने हल्ला चलेपनि चालु आर्थिक बर्षको चौमासिक समिक्षा बैठकपछि बैंक तथा वित्तीय क्षेत्रमा प्रभाव पार्ने गरी कुनै नयाँ नीति सार्वजनिक गरेन ।

तर कोभिडका कारण ब्याजदर घटिरहेको बेला बचत र कर्जामा व्याजको अन्तर तोकिदिएको थियो ।

राष्ट्र बैंकले कुल निक्षेपबाहेकको ब्याज प्रदान गरिने निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याज दरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी फरक हुन नहुने व्यवस्था गरेको छ । सोही अनुसार विभिन्न बैंकहरुले पुस १ गतेदेखी नयाँ ब्याजदर लागु गर्ने जनाएका छन ।

जसअनुसारः एभरेस्ट बैंकले साधारण बचतमा २ देखि ४ प्रतिशत, मुद्दती निक्षेपमा तीन महिनादेखि छ महिनासम्मका लागि व्यक्तिगततर्फ ५ र संस्थागततर्फ ५.५ प्रतिशत, छ महिनादेखि एक वर्षभन्दा कम अवधिका लागि ६ प्रतिशत र एक वर्षदेखि १० वर्षे अवधिका लागि ७ प्रतिशत, संस्थागत बल्क मुद्दती र संस्थागत विशेष मुद्दतीका लागि पनि ६.५ प्रतिशत ब्याजदर तोकेको छ ।

नेपाल एसबीआई बैंकले अमेरिकी डलरसहित २७ प्रकारका बचत योजनामा १ देखि ३ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । त्यस्तै मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ देखि ६.५ प्रतिशत र संस्थागत र विदेशी नियोगतर्फको ४ देखि ६ प्रतिशत, लगानीतर्फ १२.५ प्रतिशतदेखि १४.५ प्रतिशत तय गरेको छ ।

एनआईसी एसियाले साधारण बचतमा १.५ प्रतिशत र मुद्दती निक्षेपमा ६.५ प्रतिशत, नबिल बैंकले पनि विभिन्न अवधिको मुद्दती निक्षेपमा ४ देखि ८.१० प्रतिशत, सम्म ब्याज दर तोकेको छ । बैंकले विभिन्न कर्जामा लिने ब्याज दर भने १०.३७ देखि ११.३७ प्रतिशतसम्मको तोकेको छ ।

१७ प्रकारका बचत योजना ल्याएको सनराइज बैङ्कले साधारण बचतमा २ देखि ३.५ प्रतिशसम्मको ब्याज दर तोकेको छ । विदेशी मुद्रा बचतमा पनि २ प्रतिशत ब्याज दर तय गरेको छ । बैंकले मुद्दतीमा भने ७ देखि ९.१० प्रतिशतसम्मको ब्याज दर सार्वजनिक गरेको छ । विभिन्न शीर्षकको कर्जामा १० देखि १३.५ प्रतिशतसम्मको ब्याज दर बैंकले तोकेको छ ।

माछापुच्छे« बैंकले साधारण बचतमा २.५ देखि ४.५ प्रतिशत, मुद्दतीमा ७.२५ देखि ८.५० प्रतिशत, मेगा बैंकले साधारणतर्फ २.५ देखि ४.५ प्रतिशत, मुद्दतीतर्फ ६.५ देखि ७.५ तोकेको छ ।

२१ प्रकारका बचत योजना ल्याएको साङ्ग्रिला डेभलपमेन्ट बैंकले ४ देखि ५.५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । मुद्दती निक्षेपमा ७ देखि ९.७५ प्रतिशत, लामो अवधिको व्यक्तिगत निक्षेपमा १३ देखि १४.५ प्रतिशत, कर्जामा ४ देखि ५.५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ ।

महालक्ष्मी विकास बैंकले साधारण बचतमा ४ प्रतिशतसम्म, मुद्दती निक्षेपमा समयावधि अनुसार ६.५ प्रतिशतदेखि ८.५ प्रतिशत, कर्जामा घर तथा गाडी कर्जामा १०.९९ देखि १२.९९ प्रतिशत, ज्योति विकास बैंकले साधारण बचतमा ४ देखि ५.५० प्रतिशत, मुद्दतीमा ६.५ देखि ८.५ प्रतिशत, कर्जातर्फ भने बैंकले ११ देखि १३ प्रतिशतसम्मको कर्जा योजना सार्वजनिक गरेको छ । बैंकहरूसँगै विभिन्न सहकारी तथा फाइनान्स संस्थाले पनि नयाँ ब्याज दर तय गरेका छन् ।

रमेश भुसाल

भुषाल समसामयिक विषयबस्तुमा कलम चलाउँछन् ।

प्रतिक्रिया