शुक्रबार, असार ४, २०७८

ओली प्रचण्डवीच भेट : लत्रने पालो कस्को ?

ज्योतिन्यूज २०७७ पुष १ गते १२:५४

काठमाडौँ । संवैधानिक परिषदको संशोधन अध्यादेशपछि नेकपाभित्रको किचलो बढीरहेको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नुभएको छ ।

स्थायी कमिटि बैठक अन्यौल भइरहेको अवस्थामा बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पूग्नुभएको हो ।

नेकपाभित्र विवाद चर्कदै गर्दा बोली बाराबारको अवस्थामा रहेका दुई अध्यक्षहरुवीच स्थायी कमिटि बैठक अघि वान टु वान वार्ता भएको हो । दुईअध्यक्षवीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

दिउँसो १ बजे तोकिएको बैठक हुने नहुने विषयमा विभिन्न शंकाहरु आइरहेका छन् । प्रचण्ड–माधव नेपाल पक्षले अध्यादेश खारेजीको प्रस्ताव बैठकमा ल्याउन खोजेको छ ।

प्रतिक्रिया