बिहीबार, वैशाख ३०, २०७८

कोदोको खिर बनाएर सन्तोष साह पुगे बीबीसी मास्टर सेफको शीर्ष चारमा

ज्योतिन्यूज २०७७ पुष १ गते १३:०३

लण्डन । बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके प्रोफेसनल्स २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली मूलका सेफ सन्तोष शाह टप चारमा पुग्न सफल भएका छन् ।

ब्रिटेनमा बसोबास गर्ने सेफ शाह बीबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणको फाईनलमा प्रवेश गर्न सफल भएका हुन् ।

सन्तोषले मास्टर सेफको टप ६ प्रतिस्पर्धीमा सन्तोषले खरायोको मासु , डिजर्टको रुपमा कोदोको खीरसंगै आँपको कुल्फी र तराईमा प्रचलित तर ( लोप भएको ) आँपको ‘अमौरा’ बनाएका थिए ।

लण्डनको प्रख्यात सेफहरु सग प्रशिक्षणसँगै काम गरिसकेका सन्तोष मास्टर सेफ प्रोफेशनल यूके मार्फत नेपालका विभिन्न प्रकारका खानालाई विश्वभरका लाखौँ मानिसहरुलाई परिचित गराएर अन्तर्राष्ट्रिय रुपमा अघि बढाउने उनको लक्ष्य लिएका छन् ।

इण्डियन कुइजिनबाट वर्षौंदेखि संगालेको अनुभवका आधारमा उनी नेपाली खानालाई अघि बढाउन प्रयत्नरत छन् ।

प्रोफेसनलको अन्तिम चारमा पुगेका सन्तोषले प्लेटमै ’सूर्योदय’ पस्किएका थिए ।

जब बरफले मोलिएको, नाइट्रोजले बाफिएको, पाकेको आँपको गुदी र बोक्राको ढिक्को कोदोको खीरमा ओछ्याइयो तब प्लेटमै बन्यो ’सूर्योदय’।

नेपाली परम्परागत परिकारको उत्कृष्ट प्रस्तुतीको साथमा मरिचको स्वादले सुशोभित सर्टब्रेड चाख्दै प्रस्तोताले भने ’यस अत्यन्त सुन्दर परिकारमा शंका गर्नुपर्ने ठाउँ रहेन। ’ निर्णायक अर्की प्रस्तुतकर्ताले भनिन, ’वाह! क्या मनमोहक’। तेश्रा, तर महत्वपूर्ण निर्णायकले पुदिना(कागती घोलीएको सर्वतको एक सर्को तान्दै भने, ’बिलक्षण!’ ।

हाल सन्तोषले बेलायतमा नेपाली खानालाई ब्रान्ड बनाउने अभियानमा लागेका छन् ।

प्रतिक्रिया