बुधबार, वैशाख २९, २०७८

ओली तयार भएपछि नेकपा स्थायी कमिटि बैठक फेरी शुरु

ज्योतिन्यूज २०७७ पुष १ गते १६:१२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक शुरु भएको छ । आइतबार बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै आजसम्मका लागि स्थगित भएको थियो ।

बैठक बुधबार दिउँसो १ बजे सुरु हुने भनिएपनि पार्टीका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल वन टु वन छलफलमा जुटेका थिए। दुई अध्यक्षवीच दुईपटकसम्म छलफल भएपछि फेरी बैठक शुरु भएको हो ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै परामर्श नगरि संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा भित्र नै तरंग पैदा भएको छ ।

प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बनेका छन ।

ओलीले पार्टीमा परामर्श नै नगरी ल्याइएको अध्यादेश फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।

अध्यादेश जारी भएलगत्तै असन्तुष्ट स्थायी कमिटीका बहुमत सदस्य हिजो दाहाल निवास खुमलटारमा भेला भएका थिए ।

प्रतिक्रिया