बिहीबार, फागुन २०, २०७७

काँग्रेस पदाधिकारी बैठक शुरु, अध्यादेशबारे छलफल हुँदै

ज्योतिन्यूज २०७७ पुष १ गते १४:४१

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक एकबजेबाट शुरु भएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा जारी बैठकमा सरकारले ल्याएको अध्यादेश र देशभर काँग्रेसले गरेको विरोधसभाको समीक्षालगायतका विषयमा छलफल भइरहेको छ ।

बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी छन् । कोरम नपुगेर पटक–पटक संवैधानिक परिषद् बैठक स्थगित भएपछि सरकारले हिजो राष्ट्रपतिसमक्ष संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।

पार्टी बैठकले अध्यादेशबारे पार्टीको आधिकारिक धारणा तय गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

लगत्तै राष्ट्रपतिले अध्यादेश जारी गर्नुभएको थियो । उक्त अध्यादेशमा परिषद् बैठकका लागि गणपुरक संख्या ३ जनामात्र भए पनि हुने उल्लेख छ । यसअघि बैठक बस्नको लागि परिषद् अध्यक्ष र कम्तिमा चार जना उपस्थित हुनुपर्ने प्रावधान थियो ।

प्रतिक्रिया