शुक्रबार, कार्तिक ५, २०७८

संसदको विशेष अधिवेशन माग गर्दै नेकपा सांसदहरु शितलनिवासमा

ज्योतिन्यूज २०७७ पुष १ गते १४:५७

काठमाडौं । संसदको विशेष अधिवेशन बोलाउन ढिलाइ भएको भन्दै नेकपा सांसदहरु शितलनिवास पुगेका छन् ।

माधव नेपाल पक्षका नेता भीम रावल र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर पम्फा भुसाल लगायतका नेताहरु सांसदहरुको हस्ताक्षर सहित राष्ट्रपति भवन शितलनिवास पुगेका हुन् ।

तर राष्ट्रपति निवासले उनीहरुलाई रेस्पोन्स नगरेको नेताहरुले बताएका छन् । आफूहरुको निवेदन षड्यन्त्रपूर्वक बुझ्न नमानेको शीतल निवास पुगेका नेताहरुले बताएका छन् ।

राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई घण्टौं कुर्दा पनि भेट्न नसकेको नेताहरुले बताए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको आन्तरिक विवादको कारण संसदको विशेष अधिवेशनसमेत बोलाउन ढिलाई भैरहेको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै परामर्श नगरि संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा भित्र नै तरंग पैदा भएको छ ।

प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बनेका छन ।

ओलीले पार्टीमा परामर्श नै नगरी ल्याइएको अध्यादेश फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया