बुधबार थपिए ७३६ जना संक्रमित थपिए, १३ जनाको मृत्यु
ज्योतिन्यूज
२०७७ पुष १ गते १६:३७

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ।
मन्त्रालयका अनुसार बुधबार ८४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३९ हजार ४ सय १६ पुगेको छ।
हाल देशभर ९ हजार ७ सय ५७ जना सक्रिय संक्रमित छन् भने ४ सय ५२ जना क्वारेन्टिनमा छन्।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सम्बन्धित
प्रतिक्रिया