शुक्रबार, फागुन २१, २०७७

नेकपामा नयाँ सहमति, एकअर्कालाई लगाएको आरोपपत्र फिर्ता लिने दुई अध्यक्षको निर्णय

ज्योतिन्यूज २०७७ पुष १ गते १७:०७

काठमाडौँ । नेकपामा सहमतिको संकेत देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच दिउसो भएको दुईपटकको छलफलमा भदौ २६ देखि एक आपसमा पत्र आदानप्रदान गरि लगाएका आरोपहरु फिर्ता लिने सहमति भएको एक उच्च श्रोतले बतायो ।

यसअघि ओलीले मंगलबार जारी गरेको संवैधानिक परिषदको अध्यादेश पनि फिर्ता लिने सहमति भएको थियो ।

ओलीले भनेअनुसार प्रचण्डले पनि राष्ट्रपति निवास शितलनिवासमा संसद अधिवेशन बोलाउन माग गर्दे पठाइएको हस्ताक्षर पनि फिर्ता लिने सहमति जनाएका छन् ।

एकतर्फी गरिएका नियुक्ति बदर गर्ने, र हालसम्म भएगरेका गल्ती कमजोरी सच्चाउने सहमति भएको बालुवाटार स्रोतको भनाई छ ।

योसँगै भदौ २६ यता नेकपामा देखिएको झगडा साम्य हुने संकेत देखिएको छ । पत्र मार्फत एकअर्कालाई आरोप लगाएर नांगिएका दुई अध्यक्षहरुवीच बोलचाल समेत बन्द भएको थियो ।

अध्यक्षहरुवीचमा नयाँ सहमति भएसँगै स्थायी कमिटि बैठकमा ओली समेत सहभागी भएका छन् ।

प्रतिक्रिया