मौसम: आजको कहाँ कस्तो, यस्तो छ पूर्वानुमान
काठमाडौं । अहिले प्रदेश १, गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभावले मौसम बदली भएको हो ।
यस्तो छ तीन दिनको पूर्वानुमान
पौष २ गते (बिहीबार)
दिउँसो : प्रदेश नं १ तथा गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ३ गते (शुक्रबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : प्रदेश नं १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ४ गते (शनिबार)
दिउँसो : प्रदेश नं १,बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया