रोनाल्डो पेनाल्टीमा मिस गर्दा खेल बराबरीमा सिमित
एजेन्सी । क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मिस गर्दा युभेन्ट्स इटालियन सिरी ए बराबरीमा रोकिएको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले एटलान्टासँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको २९ औं मिनेटमा युभेन्ट्सका लागि फेडेरिको चिसाले गोल गर्दै टिमलार्य अग्रता दिलाएका थिए । उनले रोड्रिगो बेन्टाकुरकाे पासमा गाेल गरेका थिए ।
पहिलो हाफमा अग्रता बनाएको युभेन्ट्सले अन्तिमसम्म आफ्नो अग्रतालाई कायम राख्न सकेन । खेलको ५७ औं मिनेटमा रेमो फेलुएरले गोल गर्दै खेल बाराबरीमा ल्याए ।
लगत्तै खेलको ६१औं मिनेटमा युभेन्टसले पेनाल्टी पायो । तर, रोनाल्डोको प्रहार एटलान्टका गोलकिपरले रोकेपछि युभेन्टसले अग्रता लिन पाएन । रोनाल्डोेले यसअघि दुई खेलमा लगातार ४ गोल पेनाल्टीमार्फत् गरेका थिए । तर, लगातार पाँचौं पेनाल्टी प्रहार गर्दा उनी चुके ।
त्यसपछि खेलभरि नै दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल १–१ को बराबरीमा सकियो । यो बराबरीपछि युभेन्टसले १२ खेलबाट २४ अंक जोड्दै तेस्रो स्थानमा छ । एटलान्टाले ११ खेलबाट १८ अंक जोडेको छ ।
प्रतिक्रिया