शीर्ष स्थानको रियल सोसिडाडमाथि बार्सिलोनाको प्रभावशाली जित
ज्योतिन्यूज
२०७७ पुष २ गते ७:१५
एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले शीर्ष स्थानको रियल सोसिडाडमाथि जित निकालेकाे छ । गएराति भएकाे खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २-१ ले पराजित गरेकाे हाे ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जोर्डी आल्बा र डी योङले एक-एक गोल गरे । उता सोसिडाडका लागि विलियन जोसेले एक गोल गरे ।
खेलको २७ औं मिनेटमा जोसेको गोलमा पाहुना टोली सोसिडाडले अग्रता बनाएको थियो । ३१ औं मिनेटमा आल्बाले घरेलु टोली बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए । ४३ औं मिनेटमा डी योङले गोल गर्दै बार्सिलोनालाई २-१ गोलको जित दिलाए ।
जितसँगै बार्सिलोनाले आफूलाई शीर्ष पाँचमा उक्लिएकाे छ । बार्सिलोनाले १२ खेलबाट २० अंक जोडेको छ । बार्सिलोना अंक तालिकाको पाँचौ स्थानमा छ । परातिज सोसिडाड तालिकामा एक स्थान तल झरेको छ । लिगमा १४ खेल खेलेको सोसिडाडको २६ अंक छ
सम्बन्धित
प्रतिक्रिया