बुधबार, वैशाख २९, २०७८

रमेशराज भट्टराईको ‘बहुला ३–राजा’ मा दुर्गेश र सुप्रिमा (भिडियोसहित)

काठमाडौं । गायक तथा सर्जक रमेशराज भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । भट्टराइको स्वर शब्द तथा संगीत रहेको ‘बहुला ३-राजा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

यो भन्दा पहिला गीतका २ सिरिजलाई दर्शकले अत्याधिक मन पराएका थिए । २ सिरिजलाई दर्शकहरुले दिएको अथाह माया पश्चात भट्टराईले सो गीतकै तेश्रो सिरिज सार्वजनिक गरेका हुन् ।

गीतमा गायक तथा मोडल दुर्गेश थापा, सुप्रिमा भट्टराई र रविन्द्रको अभिनय रहेको छ । सुप्रिमा गायक स्वयम् भट्टराइको छोरी हुन् ।

निर्देशक बिक्रम चौहानको निर्देशनममा तयार भएको सो गीतमा अजय रेग्मीको छायाँकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ । सो गीतलाई भट्टराईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया