बिहीबार, वैशाख ३०, २०७८

डब्लुएचओले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान शहरमा अनुसन्धान गर्ने

ज्योतिन्यूज २०७७ पुष २ गते ८:४६

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारी शुरु भएको चीनको वुहानको अनुसन्धान गर्ने भएको छ । डब्लुएचओले गत वर्ष चीनको वुहानबाट शुरु भएको कोरोना महामारीको उद्गमस्थल वुहान शहरमा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको टोली पठाएर अनुसन्धान गर्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

तर चीनले डब्लुएचओलाई कोरोना महामारीबारे स्वतन्त्र रुपमा छानविन गर्नका लागि भने अझै अनुमति नदिएको बताइएको छ । लामो समयदेखि डब्लुएचओले गरेको प्रयासअनुसार वुहानमा अनुसन्धानका लागि चीनले अनुमति दिएको हो ।

यसअघि जनावरहरुको काँचो मासुबाट कोरोना भाइरस सरेको बताइएको थियो । वुहान शहरमा जनावरहरुको अत्याधिक व्यापार र खपत हुने गरेको बताइएको छ । तर डब्लुएचओले अनुसन्धान नगरेसम्म त्यसको पुष्टि भने हुन बाँकी छ ।

गत वर्ष नै अमेरिकाले चीनमाथि कोरोनाविरुद्धको खोप लुकाएको र कोरोनाको बारेमा जानकारी नदिएको आरोप लगाएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारी नियन्त्रणका लागि सहयोग गर्ने बताएपनि चीनले ठाडै अस्वीकार गरेको थियो ।

यस्तै चीनको मात्र कुरा सुनेको भन्दै राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई दिइने आर्थिक सहायता रोकेका थिए । यता डब्लुएचओले वुहान भ्रमण गरेर अनुसन्धानकर्मीहरुको टोलीले आगामी दिनमा आउन सक्ने महामारी नियन्त्रणका उपायहरुबारे अनुसन्धान गरिने बताएको छ ।

गत डिसेम्बरमा वुहान सेन्ट्रल अस्पतालमा एक चिनियाँ चिकित्सक लि वेनलिङले नयाँ रोगको सम्भावित प्रकोपका बारेमा अनुसन्धान थालेको बताए लगत्तै चीन सरकारले हिरासतमा लिएको थियो ।

प्रतिक्रिया