सोमबार, फागुन २४, २०७७

‘आरआरआर’को रोजाईमा यसकारण आलिया

ज्योतिन्यूज २०७७ पुष २ गते ८:५३

एजेन्सी । ‘बाहुबली’ फ्रेम्ण्ड निर्देशक एसएस राजमौली नयाँ चलचित्र ‘आरआरआर’मा व्यस्त छन् । कोरोनाका कारण केही समय रोकिएको चलचित्रको छायांकन पुनस् सुरु भएको छ ।

‘आरआरआर’मा दक्षिण भारतीय चलचित्रमा आफ्नो गतिलो स्थान बनाएका दुई अभिनेता जुनियर एनटीआर र रामचरण मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । उनीहरूसँगै बलिउड अभिनेत्री आलिया भट्टले पनि चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी छन् ।

अहिले आलिया चलचित्रको छायांकनमा व्यस्त छिन् । यस्तैमा, भारतीय मिडियाले निर्देशक राजमौलीलाई आलियाको विषयमा प्रश्न गरेका छन्, ‘चलचित्रको लागि आलियालाई किन छान्नुभयो ?’

जवाफमा राजमौलीले भने, ‘मलाई दुई स्टारको बीचमा सुहाउने निर्दोष अनुहार भएकी नायिका चाहिएको थियो । त्यसमा आलिया नै मेरो दिमागमा आएको पहिलो पात्र थियो । त्यसैले उसैलाई छाने ।’

राजमौलीले आलिया जुनियर एनटीआर र रामचरण दुबैको जोडीका रूपमा प्रस्तुत हुन लागेको बताए । उनले थपे, ‘आलियालाई दुबैको अपोजिटमा प्रस्तुत गरिएको छ । तर, त्रिकोणात्मक प्रेमकथा भने होइन ।’

चलचित्रमा बलिउड अभिनेता अजय देवगणको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया