आइतबार, फागुन २३, २०७७

सार्वजनिक लेखा समितिको बैठक बस्दै

ज्योतिन्यूज २०७७ पुष २ गते ९:२४

काठमाडौं । सार्वजनिक लेखा समितिको बैठक आज (बिहिबार) विहान ११ बजेपछि सिंहदरबार स्थीत समितिको कार्यालयमा बस्दै छ । संघीय संसद अन्तर्गतका समितिहरु फेरी सक्रिय हुन थालेका हुन् ।

केही समय निस्क्रीय जस्तै भएका समितिहरुले फेरी बैठक तथा छलफललाई निरन्तरता दिन थालेका छन् । आजको बैठकमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका सम्वन्धमा अध्ययन गर्न गठित उपसमितिले तयार पारेको अध्ययन प्रतिवेदनमाथी छलफल हुने भएको छ ।

त्यसैगरी उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक विहान साढे ११ बजेपछि बस्ने तय भएको छ । बैठकमा आन्दोलनरत उखु किसानहरुको माग सम्वोधन गर्न सरकारलाई निर्देशन दिनेलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

संघीय संसदकै बिकास तथा प्रविधि समितिको बैठक पनि दिउसो १२ बजेपछि बस्नेगरी बोलाइएको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया