मंगलबार, कार्तिक ९, २०७८

लाभाशं घटेको अवस्था हो ?

ज्योतिन्यूज २०७७ पुष २ गते १०:१८

काठमाडाैं । चालु आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र सबै बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा वार्षिक साधारण सभा गर्नुपर्ने नयाँ व्यवस्था भएअनुसार पुस मसान्तसम्म विभिन्न बैंक, वित्तीय संस्था, हाइड्राेपावर लगायतले वार्षिक साधारण गर्ने तयारी गरेका छन् ।

सेयरधनीलाई लाभांस वितरण सम्बन्धी प्रस्ताव पनि साधारण सभाबाट पारित हुने भएकोले चालु आर्थिक वर्षको कार्तिक महिनादेखि पुस १५ गतेसम्म सेयर कारोबार उच्च हुने गर्दछ । लाभांशको आकर्षण देखाएर आफ्नो कम्पनीप्रति शेयर खरिदकर्ताको आकर्षण बढाउने दाउमा रहेका ती कम्पनी, बैंक तथा वित्तीय संस्थाहरूले वोनस तथा लाभांशको घोषण गर्दछन र सोही अनुरुप हालसम्म साधारण सभा गर्न बाँकी विभिन्न संस्थाले आफ्नो साधारण सभाको मिति तोक्नुका साथै सेयरधनीलाई लाभांश र बोनस सेयरको प्रस्ताव गरेका छन् ।
लक्ष्मी बैंकले आफ्ना सेयर धनीलाई ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी २.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभाबाट पारित गराउने प्रस्ताव गरेको छ ।
सेन्चुरी कमर्सियल बैंकले पनि आफ्ना सेयर धनीलाई ५.२५ प्रतिशत बोनस शेयर र कर सहित २.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभाबाट पारित गराउने प्रस्ताव गरेको छ ।
एभरेष्ट बैंकले आफ्ना सेयर धनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ५.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी पुस २७ गते हुने साधारण सभाबाट पारित गराउने प्रस्ताव गरेको छ ।
सरकारी स्वामित्व रहेको कृषि विकास बैंकले आफ्ना सेयर धनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी पुस २७ गते हुने साधारण सभाबाट पारित गराउने प्रस्ताव गरेको छ ।
त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अब छिट्टै बस्ने सञ्चालक समितिको बैठकमा लैजाने तयारी गरेको छ ।
छाङ्दी हाइड्रो पावर क. लि. ले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभाबाट पारित गराउने तयारी गरेको छ ।
सिनर्जी पावर डेभलोपमेण्ट लि. ले ४.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद दिने प्रस्ताव आगामी साधारण सभाबाट पारित गराउने तयारी गरेको छ ।

प्रतिक्रिया