शुक्रबार, असार ४, २०७८

‘एमसीसी’बाट श्रीलंका पछि हट्यो

ज्योतिन्यूज २०७७ पुष २ गते १०:३४

काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाबाट पछि हटेको छ । मंगलबार सम्पन्न एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो ।

बैठकपछि एमसीसीले जारी गरेको विज्ञप्तिमा श्रीलंकामा एमसीसी पछि हटेको जानकारी गराइएको छ । श्रीलंकामा एमसीसीले यातायात पूर्वाधार र भूमी सुधार सम्बन्धि परियोजनाहरुमा ४८ करोड अमेरिकी डलर अनुदान दिने योजना रहेको थियो । एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँचवर्षे कार्यक्रमअन्तर्गत ४८ करोड अमेरिकी डलर दिने निर्णय गरेर अगाडी बढेपनि श्रीलंका सरकार असहमत भएपछि अहिले एमसीसी पछाडि हटेको छ ।

नेपालमा पनि एमसीसी बारे विवाद कायम रहेको छ । संसदबाट अनुमोदन गराउनु पर्ने भएकोले राजनीतिक दलहरु बीच र खासगरी सत्तारुढ दल भित्र एकमत नहुदा अझै अन्योलमा रहेको छ । –एजेन्सी

प्रतिक्रिया