मंगलबार, असार ८, २०७८

टिकापुर घटनाका योजनाकार रेशम चौधरीको मुद्दाको सुनुवाई आज

ज्योतिन्यूज २०७७ पुष २ गते १२:२९

काठमाडौं । टिकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीको मुद्दाको सुनुवाई आज हुने भएको छ । २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा ‘थरुहट आन्दोलन’ का क्रममा एक बालक र सात प्रहरीको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार भनिएका चौधरीको मुद्दामा आज सुनुवाई हुन लागेको हो ।

चौधरीका कानुन व्यवसायी गजेन्द्र केसीले मुद्दाको सुनुवाई आज हुने जानकारी दिनुभयो । कानुन व्यवसायी केसीले चौधरीले सफाइ पाउने प्रशस्त आधारहरु भएको दाबी समेत गर्नुभएको छ ।

जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो । चौधरीलाई थुनामा रहेको समयमा २०७५ पुस १९ गते सांसदको शपथ ग्रहण गराइएको थियो ।

प्रतिक्रिया