मंगलबार, असार ८, २०७८

सुनचाँदीको मूल्य बढ्ने क्रम जारी, यस्तो छ विहिबारको भाउ

ज्योतिन्यूज २०७७ पुष २ गते ११:४२

काठमाडौं । पुस महिनाको सुरुवात देखिनै बढेको सुनको मूल्य विहिबार पनि बढेको छ । बुधबार तोलामा ८ सयले बढेको सुन विहिबार ४ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९३ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुनको मूल्य ९३ हजार ५० रुपैया तोकिएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा बुधबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार १ सय कायम गरिएको थियो । तेजावी सुनको मूल्य ९२ हजार ६५० रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२५५ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया