सोमबार, फागुन १७, २०७७

आजपनि छलफल गर्दै दुई अध्यक्ष, होला त सहमति ?

ज्योतिन्यूज २०७७ पुष २ गते १२:०६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुवै अध्यक्षहरुहरु प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विहिबार पनि पुनः छलफलमा जुट्ने भएका छन् ।

बुधबार दुई अध्यक्षवीच दुई पटकसम्म भएको छलफलमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्ने र संसदको विशेष अधिवेशन बोलाउन प्रस्ताव लैजाने सहमति भएको थियो ।

बुधबारको बैठकमा जुट्न नसकेको विषयमा सहमति खोज्ने प्रयास आजको बैठकमा गरिने जनाइएको छ । आजको बैठक संगै संवैधानिक परिषदको बैठक कहिले बोलाउने भन्ने विषयको टुङ्गो लाग्ने बताइएको छ ।

यसअघि अध्यक्ष ओलीले परिषदको संशोधन अध्यादेश जारी गरेपछि विवाद चुलिएको थियो । तर चर्काे आलोचना भएपनि बुधबार दिउँसो ओलीले अध्यादेश फिर्ता गर्ने सहमति भएको थियो । फिर्ता गर्ने भनिएपनि हालसम्म फिर्ता भने भइसकेको छ ।

त्यसको लागि प्रधानमन्त्रीले मन्त्रिपरिषदबाट अध्यादेश फिर्ता गराउन राष्ट्रपतिलाई सिफारिस गर्नुपर्ने हुन्छ ।

मंगलबार प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर संवैधानिक परिषदको बैठक गर्नुभएको थियो । परिषदको अघिल्लो बैठकमा कुनै निर्णय नभएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया