मंगलबार, कार्तिक २, २०७८

गुल्मीमा प्रहरीलाई दुर्व्यवहार गर्ने २ जना पक्राउ

ज्योतिन्यूज २०७७ पुष २ गते १३:००

गुल्मी ।  रेसुङ्गा नगरपालिका-१२ भगेरीस्थित ड्युटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जाजरकोट कुसे गाउँपालिका-२ बस्ने ४१ वर्षीय पुर्णबहादुर सिंह र पाल्पा निस्दी गाउँपालिका-१ बस्ने ४२ वर्षीय मिनबहादुर आले रहेका छन् ।

उक्त स्थानमा खटिएको प्रहरीले उक्त स्थानमा चेकजाँच तथा पैदलयात्रीलाई सोधपुछ गर्ने क्रममा उल्टै प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया