शनिबार, फागुन २२, २०७७

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटना परी ३ जनाको मृत्यु

ज्योतिन्यूज २०७७ पुष २ गते १३:०६

काठमाडौं- रुपन्देही, ओमसतिया गाउँपालिका-२ ठुटीपिपलमा लु.२ ख १४१५ नम्बरको माईक्रोबसले लु.४१ प ९२५४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक देवदह नगरपालिका-११ जयपुर बस्ने २३ वर्षीय राजु थारुको घटनास्थलमै मृत्यु भएको छ । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजारस्थित सडकमा बा.५ ख ७६७ नम्बरको हाइसले को.२५ प ४४२३ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बराहक्षेत्र नगरपालिका-११ बस्ने ४३ वर्षीय हजरत मिया मंसुरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार उनकै छोरा १६ वर्षीय सबिर मंसुरीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, बैजनाथ गाउँपालिका-६ गरही चोकमा सोही ठाउँ बस्ने ३१ वर्षीय कमल चन्दले चलाएको भे.९ प ४२१८ नम्बरको मोटरसाइकलले बुधबार साँझ ३ वटा साईकललाई ठक्कर दिँदा साईकलयात्री बर्दिया बाँसगढी नगरपालिका-३ लखना बस्ने १८ वर्षीय अदिप थारूको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाईते भएका थारुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत ४ जनालाई उपचारको लागि सोही अस्पतालमा पठाइएकोमा मोटरसाइकल चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य १ जनाको अवस्था मध्यम र २ जनाको अवस्था सामान्य छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया