आइतबार, फागुन १६, २०७७

चीनले म्यानमार र भारतमा सजिलै हतियार पठाउन थालेपछि क्षेत्रीय सुरक्षा खतरामा चुनौति

ज्योतिन्यूज २०७७ पुष २ गते १३:२१

नयाँ दिल्ली । म्यानमार र भारतमा अवैध रूपमा चिनियाँ हतियारहरु सजिल्रै प्रवाह हुँदा सुरक्षा खतरा बढेको खुफिया एजेन्सीहरुले बताएका छन् ।

हतियारको सजिलै ओहोरदोहोर गरिदा क्षेत्रीय सुरक्षा र स्थायित्वमा खतरा निम्त्याइरहेको खुफिया एजेन्सीहरूले बताएका हुन् ।

भारतको उत्तरपूर्वी राज्यहरुबाट यस वर्ष हालसम्म ४२३ अवैध हतियारहरु बरामद गरिएका छन् । जसमा एके ४७, एम(१६ र चिनियाँ पेस्तोहरुसमेत रहेको सरकारी तथ्यांकले देखाएको छ ।

गुप्तचर एजेन्सीहरुले दिएको सूचना अनुसार म्यानमारको सीमानामा विद्रोही समूहहरुलाई उक्साउनका लागि चीनले हतियार र गोलीहरू उपलब्ध गराउँदै आएको छ ।

ूप्रमुख विद्रोही समूहहरू विशेष गरी आसाम, मणिपुर, नागाल्याण्ड र मिजोरमका चिनियाँ गुप्तचर एजेन्सीहरूसँग नियमित सम्पर्क राख्छन् र चिनियाँ हतियारबाट फाइदा उठाउँछन्,ू एजेन्सीहरूले सरकारलाई सचेत गराए ।

एजेन्सीहरूले भनेका छन् कि पूर्वोत्तर विद्रोही समूहलाई तालिम दिने, हतियार र गोलीको व्यवस्था गर्ने र निर्वासित आतंककारी र नेताहरुलाई सहयोग पुर्‍याउने काम भारतविरूद्ध चीनले लिएको ूकूटनीति(आतंकवादू को पक्ष हो ।

म्यानमार रणनीतिक महत्वको मुलुक हो । यसले हिन्द महासागरको व्यापार मार्गमा वैकल्पिक भूमि पुल प्रदान गर्दछ । जसले मलाक्का स्ट्रेटसको दबाब कम गर्दछ र प्राकृतिक स्रोतसाधनको भण्डार भएको छ जुन भूमिगत युन्नान प्रान्तको वृद्धि गर्न सहयोग पुर्‍याउँछ ।

प्रतिक्रिया