मंगलबार, कार्तिक ९, २०७८

ओलीलाई साथ दिने एक्ला वृहस्पति भए रायमाझी

ज्योतिन्यूज २०७७ पुष २ गते १५:५५

काठमाडौँ । संसदको अधिवेशन माग गर्दै नेकपाका स्थायी समिति सदस्यद्धोय भीम रावल र पम्फा भुसाल ८३ सांसदहरुका हस्ताक्षर बोकेर बुधबार शितलनिवास पुगेका थिए । ५ घण्टासम्म शितलनिवासमै बसेका उनीहरुलाई शितलनिवासले टेरेन र पत्र दर्ता हुन सकेन् ।

श्रोतका अनुसार उक्त पत्र सुटुक्क बालुवाटार पुर्याइएको थियो । दिउँसो १२ बजे शितलनिवास पुगेको दुई नेताहरु साँझ ५ बजेसम्म त्यही बसेका थिए ।

स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी ओलीले आइतबार ल्याएको अध्यादेश फिर्ता लिने प्रतिबद्धता जनाएपछि राष्ट्रपतिलाई पठाइएको पत्र फिर्ता लिने सहमति भएको थियो ।

उक्त पत्रमा सरकार जिम्मेवारबाट भागीरहेको भन्दै छिट्टै संसद अधिवेशन बोलाउन माग गरिएको थियो ।

’जनताका माग आकांक्षा र भावना मुखरित र सम्बोधन गर्ने प्रतिनिधि सभाको नियमित बैठक बोलाउनुपर्ने समय भइसकेको अवस्थामा सम्माननीय प्रधानमन्त्रीले हठात संवैधानिक परिषद (काम कर्तर्वय र अधिकार) ऐन २०६६ लाई संशोधन गर्न मन्त्रिपरिषदबाट अध्यादेश सिफारिस गर्नु भई सो अध्यादेश जारी भएकाले यस्तो संवेदनशील विषयमा संसदमा छलफल गर्नु अपरिहार्य भएको छ,’ पत्रमा लेखिएको छ।

प्रतिनिधि सभाका सम्पूर्ण सदस्य संख्याको एक चौथाई बढी सांसदहरूले अविलम्व अधिवेशन बोलाउन माग गरिएको भनिएको छ ।

उक्त पत्रमा ८३ जना सांसदको हस्ताक्षर भएको भनिएपनि कोकस्ले हस्ताक्षर गरेका थिए भन्ने कुरा बाहिर आएको छैन ।

उक्त पत्रमा प्रचण्ड– नेपाल पक्षका सांसदहरुले समर्थन जनाएका छन् । तर पूर्व माओबादी पक्षका केही नेताहरुले भने उक्त पत्रमा हस्ताक्षर गरेका छैनन् ।

ओली पक्षबाट मन्त्रीको चर्चामा ल्याइएका अर्घाखाँचीबाट निर्वाचित पूर्व माओेबादी खेमाका सांसद टोपबहादुर रायमाझीले भने हस्ताक्षर गर्न मानेनन् । जसमा मन्त्री र प्रमुख सचेतकको भने हस्ताक्षर गराइएको थिएन् ।

प्रतिक्रिया