अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, जालान त देउवा ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको स्रशोधन अध्यादेश फिर्ता नलिदै संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ ।
अघिल्लो दिन अध्यादेश फिर्ता लिने सहमति भएको थियो । तर हालसम्म त्यो अध्यादेश फिर्ता भने भएको छैन ।
विहिबार साँझ साढे ५ बजेको लागि परिषदको बैठक बोलाइएको छ । यसअघि पत्र काटेर बैठकबारे जानकारी दिइने भएपनि यसपटक फोन गरेर जानकारी दिइएको स्रोतले बतायो ।
मंगलबार बिहान बोलाएको संवैधानिक परिषदको बैठकमा विपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा सहित सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक सोही दिन साँझलाई बोलाइएको थियो ।
साँझको बैठक हुनु अघि दिउँसै प्रधानमन्त्रीले अध्यादेश जारी गर्न सिफारिस गर्नुभएको थियो, तत्कालै राष्ट्रपतिले अध्यादेश जारी गर्नुभयो । त्यसपछि चौतर्फी रुपमा आलोचित हुनुभएका प्रधानमन्त्रीले बुधबार अध्यादेश फिर्ता लिने सहमति गर्नुभएको थियो ।
परिषदको आज साँझको बैठकमा विपक्षी दलका नेता देउवालाई जानकारी दिइएपनि उहाँ भने सहभागि नहुने सम्भावना रहेको बताइएकोे छ ।
प्रतिक्रिया