बिहीबार, वैशाख ३०, २०७८

भोलिदेखि सवारी साधनमा जोर बिजोर प्रणाली हट्ने

ज्योतिन्यूज २०७७ पुष २ गते १४:५२

काठमाडौं । शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोरविजोर प्रणाली हट्ने भएको छ ।

असोजदेखि काठमाडौँमा जोरविजोर लागू गरिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय, यातायात व्यवसायी तथा मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सो निर्णय गरेको हो ।

कोरोनामहामारी नियन्त्रण गर्न भदौमा लगाइएको निषेधाज्ञा पछि उपत्यकामा जोरविजोर प्रणाली लागू गरिएको थियो । तर जोरविजोर प्रणालीले सवारी साधनमा यात्रु खचाखच भएको र कोभिड १९ को रोकथाममा कुनै प्रभाव नपारेको भन्दै आलोचना समेत हुँदै आएको थियो ।

जोरविजोर हटेसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् । यातायात चलाउदा स्वास्थ्य मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने नियम बनाइएको छ ।

प्रतिक्रिया