मंगलबार, कार्तिक २, २०७८

एक साताभित्र उखु किसानको भुक्तानी दिन संसदीय समितिको निर्देशन

ज्योतिन्यूज २०७७ पुष २ गते १५:१२

काठमाडौं । संसदीय समितिले उखु किसानले चिनी उद्योगबाट पाउन बाँकी रकम एक साताभित्र भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले किसानले पाउन बाँकी भएको भुक्तानी एक हप्ताभित्र दिन र सबै एक पटक व्यवस्था गर्ने सम्भावना नभए पनि दिएको भुक्तानीबारेको कार्य प्रगति विवरण ९ गतेको बैठकमा बुझाउन निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बताउनुभयो ।

समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा उद्योग र गृह मन्त्रालयलाई एक हप्ताभित्र किसानले पाउनुपर्ने रकम भुक्तानी गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया