बिहीबार, फागुन १३, २०७७

ओलीलई भेट्न प्रचण्ड पुगे वालुवाटार

ज्योतिन्यूज २०७७ पुष २ गते १५:४५

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको छ ।

दिउँसो तीन बजे अध्यक्ष प्रचण्ड बालुवाटार पुगेको जनाइएको छ। स्रोतका अनुसार संवैधानिक पदहरुमा गरिने नियुक्तीबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुग्नुभएको हो ।

बुधबार दुई अध्यक्षवीच दुई पटकसम्म भएको छलफलमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्ने र संसदको विशेष अधिवेशन बोलाउन प्रस्ताव लैजाने सहमति भएको थियो ।

यसअघि ओलीले परिषदको संशोधन अध्यादेश जारी गरेपछि विवाद चुलिएको थियो । तर चर्को आलोचना भएपनि बुधबार दिउँसो ओलीले अध्यादेश फिर्ता गर्ने सहमति भएको थियो ।

हिजो संवैधानिक पदहरुमा नियुक्ती गर्ने विषयमा दुई अध्यक्षवीच समझदारी गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया