मंगलबार, कार्तिक २, २०७८

काँग्रेसले बोलायो संसदीय दलको बैठक

ज्योतिन्यूज २०७७ पुष २ गते १५:५०

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुक्रवार बस्ने भएको छ ।

शुक्रबार विहान साढे १० बजे संघीय संसद भवन, बानेश्वर स्थित ल्होत्से हलमा बैठक बस्ने कार्यसूची रहेको नेपाली काँग्रेस संसदीय दलले जनाएको छ ।

शुक्रवार बोलाएको संसदीय दलको बैठकमा संवैधानिक परिषद्बारेको अध्यादेश जारी गर्ने विषयमा राष्ट्रपति भण्डारीले खेलेको भुमिकाबारे गम्भीर छलफलको तयारी भएको हो ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडका अनुसार राष्ट्रपतिले दलको नेता जसरी भुमिका खेलेकाले उहाँले पछिल्ला राजनीतिक विषयमा खेलेको भुमिकाबारे संसदीय दलको बैठकमा छलफल हुनेछ ।

त्यसैगरी अहिले जारी भएको अध्यादेशपछिको अवस्था, संसदको हिउँदे अधिवेशन बोलाउने विषय लगायतका विषयमा छलफल हुने खाँडले जानकारी दिनुभयो ।

प्रतिक्रिया