मंगलबार, कार्तिक ९, २०७८

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको लागि पाल्पामा पुरुष टोलीको घोषणा

सुमित्रा कंडेल २०७७ पुष २ गते १५:५५

तानसेन । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पाल्पाले पुरुष टोलीको घोषणा गरेको छ ।

गत मङ्सिर २५ र २६ गते तानसेन टुडिखेल खेल मैदानमा भएको छनोट प्रतियोगिताबाट २ वैकल्पिक सहित १६ खेलाडी छनोट गरिएको क्रिकेट सङ्घका पाल्पा जिल्ला अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनु भयो ।

छनोट भएका खेलाडीहरु सुरेश गोदार कप्तान, राजेन्द्र मान साक्य, सागर थापा क्षेत्री, मनिष न्यौपाने, शिव शर्मा, नरेश कुमार सार्की नेपाली, रुपेश बश्याल, श्रीधर बश्याल, केशव पराई, नवीन तारा बश्याल, प्रकाश तिमिल्सिना, समीर मल्ल, रुपेश बश्याल, नवीन भुसाल रहेका व्यवस्थापक दिपक घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै वैकल्पिक खेलाडीमा बेल मगर, सुदिप जिसि, आशिष लोहनी। आशिष बराल, सरन रसाली रहेका टेली प्रशिक्षक ओम थापाले जानकारी दिनुभयो । रहनु भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले आगामी पुस ११ गतेदेखि प्रधानमन्त्री कप आयोजना गर्दैछ ।

क्यानले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न जिल्लाको पुरुष तथा महिला टोलीको छनोट गर्न आफ्ना मातहतका सबै जिल्ला क्रिकेट संघलाई पत्राचार गरेको थियो । क्यानले मङ्सिर भित्र जिल्लाको टोली छनोट गर्ने नि

प्रतिक्रिया