प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित
ज्योतिन्यूज
२०७७ पुष २ गते १६:३४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ बोलाएको संवैधानिक परिषदको बैठक स्थगन भएको छ ।
अध्यादेश फिर्ता लिने सहमति गरेको भोलिपल्ट नै प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद्को बैठक बोलाउनुभएको थियो । साँझ साढे ५ बजे बोलाइएको बैठकमा सभामुख अग्नि सापकोटा र विपक्षी दलका नेता शेर बहादुर देउवा उपस्थित नहुने भनिएको थियो ।
सभामुख सापकोटाले औपचारिक जानकारी समेत नपाएको स्रोतको भनाई छ ।
ओलीले बैठक बोलाएपछि नेकपामा नयाँ खैलावैला उत्पन्न भएको थियो । केहीबेर अघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री ओलीलाई भेट्नुभएको छ ।
बैठकबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरुले समेत आपत्ति जनाएपछि स्थगित भएको स्रोतले बतायो ।
सम्बन्धित
प्रतिक्रिया