मंगलबार, कार्तिक २, २०७८

थपिए ७७६ संक्रमित, ६ जनाको मृत्यु

ज्योतिन्यूज २०७७ पुष २ गते १६:३९

काठमाडौँ । विहिबार नेपालमा थप ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ।
यस्तै बिहिबार ९४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४० हजार ३ सय ६३ पुगेको छ।

हाल देशभर ९ हजार ५ सय ८० जना सक्रिय संक्रमित छन् भने ४ सय ४४ जना क्वारेन्टिनमा छन्।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया